रवीन्द्र मिश्रलाई पञ्चा सिंहको चुनौती : तागत भए विद्यार्थी राजनीतिलाई रोकेर देखाउ

काठमाडौं – अखिल (क्रान्तिकारी) का अध्यक्ष पञ्चा सिंहले विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रलाई पुनः रेडियोकै काममा फर्कन सुझाव दिएकी छन्। विद्यार्थी राजनीतिमाथि प्रतिवन्ध लगाउने मिश्रको भनाइप्रति आपत्ति प्रकट गर्दै उनले यस्तो सुझाव दिएकी हुन्।

‘म मिश्रजीलाई हार्दिकतापूर्वक रेडियोको काममा फर्कन सुझाव दिन्छु, रवीन्द्र मिश्र जस्ता अनुभवी रेडियोकर्मीको त्यहाँ खाँचो छ’ उनले भनिन्। तागत भए विद्यार्थी राजनीतिमाथि रोक लगाएर देखाउन पनि उनले चुनौति दिइन्।  उनले मुलुकको पौने एक करोड विद्यार्थीका संगठनहरुको तागतलाई कम नआँक्न चेतावनी पनि दिइन्

रवीन्द्र मिश्र राजनीतिमा आउनुअघि लामो समय बीबीसी नेपाली सेवामा कार्यरत रहेका थिए। उनले वर्तमान देश र जनताको हितको लागि भन्दै वैकल्पिक राजनीतिको वकालत गर्दै आएका छन्।

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *