नेकपा माओवादी केन्द्र हेलम्बुको अध्यक्षमा पेमा ह्योल्मो चयन

हेलम्बु– नेकपा माओवादी केन्द्र हेलम्बुको प्रथम सम्मेलन बाट पेमा लामा ह्योल्मोको अध्यक्षतामा ५१ सदस्यीय गाउँपालिका कमिटि गठन भएको छ ।

आज सम्पन्न सम्मेलन बाट उपाध्यक्षमा मोदनाथ भण्डारी, लिलाबहादुर जोति र बलबहादुर खड्का चयन हुनुभयो । सचिवमा दिपक लामिछाने, सहसचिवमा चेतना तिमिल्सिना, कोषाध्यक्षमा दिपक कुमार लामिछाने चयन हुनुभएको हो । त्यस्तै अखिल (क्रान्तिकारी) हेलम्बुको दोस्रो सम्मेलनबाट सौरभ जोतिको अध्यक्षतामा ४७ सदस्यीय गाउँपालिका कमिटी पनि गठन भएको छ ।

सम्मेलनमा प्रमुख अतिथि नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा पुर्वमन्त्री युवराज दुलाल शरदले माओवादी केन्द्र अरू पार्टी भन्दा फरक पहिचान बोकेको पार्टी भएको बताए । “हाम्रो पार्टी अरू पार्टीको जस्तो तडकभडक नभई जनताको जनवर्गिय पार्टी हो“, उनले भने ।नेपाली कांग्रेसको अधिवेशनलाई लक्षित गर्दै दुलालले भने, “ प्रतिनिधिहरूलाई ३ दिन देखि होटेलमा राखेर सिधै चुनावमा ल्याएका छन , यो कसरी लोकतान्त्रिक पार्टी हुन्छ “ ।

सम्मेलनमा माओवादी केन्द्र सिन्धुपाल्चोक क्षेत्र नम्बर दुइका अध्यक्ष भरत थापा, बलराम बिक लगायतले सम्बोधन गरेका थिए । सम्मेलनमा काङ्ग्रेस, एमाले परित्याग गरि तिन दर्जन बढी माओवादीमा प्रवेश गरेका छन । माओवादी केन्द्रको मंसिर ११ गते देशैभर एकसाथ नगर सम्मेलनको उद्घाटन भएको हो ।

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *