पूर्वमन्त्री दुलालद्धारा हेलम्बु आगलागी पिडितलाई सहयोग हस्तान्तरण

मेलम्ची – हेलम्बु गाउँपालिका इचोकमा भएको आगलागि पिडितको लागि राहत बोकेर नेकपा माओवादी केन्द्रको टोलि सुर्सिङ पुगेको छ ।

बागमती प्रदेसका पुर्व सामाजिक विकास मन्त्री एवम् नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य युवराज दुलाल , वाइसियल जिल्ला इन्चार्ज शुरेस राना ,नेकपा माओवादी २ नम्बर क्षेत्रीय अध्यक्ष भरत थापा हेलम्बु अध्यक्ष पेमा ह्योल्मो जिल्ला कमिटी सदस्य सिपि दुलाल लगायतको टोलि आज घटनास्थल पुगेर राहत सामग्रि वितरण गरेको हो । राहतमा प्रती परिवार रु १७ हजार नगद त्यस्तै जस्तापाता ३ बण्डल , खाध्यान्न , भाडाकुडा लत्ताकपडा लगायतको सामग्रि वितरण गरीएको जिल्ला कमिटी सदस्य सिपि दुलालले जानकारी दिनुभयो ।

हिजो साँझ इचोक सुर्सिङ झाक्रीटोलमा आगलागी हुँदा ३ बालकको ज्यान गएको थियो । पिडामा रहेका पिडितहरुको लागि केहि सामग्रि वितरण गरेको भन्दै पुर्वमन्त्री दुलालले आगामि दिनमा थप सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो । दुलालको सहयोग पछि पिडित परीवारले आभार प्रकट गरेका छन् ।

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *