पेट्रोलियम पदार्थको मुल्य वृद्धिको विरोधमा संयुक्त विद्यार्थी संगठनद्वारा आयल निगम घेराउ

काठमाडौं – सरकारले पेट्रोलियम पदार्थ र दैनिक उपभोग्य पदार्थको को मूल्य बढाएको विरोधमा ६ विद्यार्थी संगठनले नेपाल आयल निगम घेराउ गरेका छन् । ६ विद्यार्थी संगठनले आयल निगम घेराउ गर्दै पेट्रोलियम पदार्थको मूल्य वृद्धि तत्काल फिर्ता लिन माग गरेका छन्।

आयल निगम घेराउ गर्नेमा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारी अध्यक्ष पञ्चा सिंह, एकीकृत समाजवादी निकट अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुली, जसपानिकट समाजवादी विद्यार्थी संघका अध्यक्ष रूपनारायण श्रेष्ठ, नेकपा क्रान्तिकारी माओवादी निकट अखिल क्रान्तिकारी अध्यक्ष हरिकृष्ण गजुरेल, नेकपानिकट अखिल क्रान्तिकारी अध्यक्ष प्रकाश शाही र राष्ट्रिय जनमोर्चा निकट अखिल छैठौका देवेन्द्र कुँवर छन्।

आयल निगम घेराउ कार्यक्रममा बोल्दै अखिल (क्रान्तिकारी) को  अध्यक्ष पन्चा सिंहले प्रतिगामी सरकारको जस्तो जनविरोधी काम गर्ने छुट अहिलेको गठबन्धन सरकारलाई नभएकाले सर्वसाधारण जनताको ढाड सेक्नेगरी बढाइएको मुल्यवृद्दी तत्काल फिर्ता लिनुपर्ने बताउनुभयो । राणा विरोधी आन्दोलन देखि पन्चायत हुँदै पछिल्लो समय केपी ओलिको प्रतिगमन विरुद्धको आन्दोलन सम्म कहिल्यै नहारेको विद्यार्थी आन्दोलन अहिलेको मुल्यवृद्दी विरुद्ध पनि सफल हुने र मुल्यवृद्दी फिर्ता नलिएसम्म संयुक्त विद्यार्थी संगठनले निरन्तर आन्दोलन गर्ने उहाँले बताउनुभयो । अध्यक्ष सिंहले आयल निगममा चरम भ्रष्टाचार र अनियमितता भएकाले भ्रष्ट ब्यवस्थापक हरुलाइ हटाइ सक्षम ब्यक्ति नियुक्त गर्नुपर्ने समेत बताउनुभयो ।

नेपाल आयल निगमले १२ दिनकै अन्तरालमा पेट्रोलमा ३ रुपैयाँ, डिजलमा ३ रुपैयाँ, मट्टितेलमा ३ रुपैयाँ, हवाई इन्धनमा ५ रुपैयाँ र एलपी ग्यासमा ७५ रुपैयाँ मूल्य वृद्धि गरेपछि संयुक्त विद्यार्थी संगठनले आयल निगम घेराउ गर्ने, खाली सिलिन्डर प्रदर्शन गर्ने, सडक बहस गर्ने लगायतका चरणबद्ध आन्दोलनको घोषणा गरेको छ ।

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *