वाइसीएल परिवर्तन गाउँपालिकाको सम्मेलन सम्पन्न, अध्यक्षमा बुढा चयन

काठमाडौं – योङ कम्युनिष्ट लिग (वाईसिएल) नेपाल रोल्पाको परिवर्तन गाउँपालिकाको दोश्रो सम्मेलन भब्य रूपमा सम्पन भएको छ ।

नेकपा (माओवादी केन्द्र) का केन्द्रिय सदस्य, रोल्पा इन्चार्ज तथा लुम्बिनि प्रदेश सभा सद्स्य दिपेन्द्र पुन “सिजल” को प्रमुख तथा वाइसीएल नेपालका केन्द्रिय संयोजक सुमन देबकोटा “अब्दुल” को विशेष आतिथ्यतामा सम्पन्न कार्यक्रममा पार्टी प्रदेश कमिटी सदस्य निमकान्त डाँगी, वाइसीएल केन्द्रिय कमिटी सदस्य तथा लुम्बिनी प्रदेश संयोजक जितेन्द्र पुन “फेमस” वाइसीएल केन्द्रिय सद्स्यहरु केयर सिङ कुँवर, माधव बस्नेत, रितमान पुन र दिपक रोका मगर लगायतका अतिथिहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा प्रमुख अथिति सिजलले प्रतिक्रियावादिहरुले प्रचण्ड र माओवादीलाई कमजोर बनाउन विभिन्न झुठा आरोपहरु लगाइरहेको बताए । वाईसिएल नेपालको केन्द्रिय भेलाबाट संयोजकमा चयन भएका सुमन देबकोटा अब्दुलले साङगाठनिक कार्यक्रम आधार क्षेत्र रोल्पा बाट सुरु गरेका हुन । सम्मेलनको उदघाटन सत्रमा बोल्दै संयोजक देबकोटाले वाइसीएल प्रतिगमनको घन्टि बजाउन खोज्ने प्रतिगामिहरु प्रति हातमा दहि जमाएर नबस्ने बताए । त्यस्तै लुम्बिनि प्रदेश सम्योजक जितेन्द्र पुनले पार्टी अध्यक्ष प्रचण्डले निर्देशन गरेझै ईट्को जवाफ पत्थरले दिने भन्दै पार्टी संगठनलाई २०६४ सालकै अवस्थामा पुर्याउनका लागि जस्तोसुकै कदम उठाउनु परेपनी पछि नहट्न निर्देशन दिएका थिए ।

सम्मेलनले पुर्ण बहादुर बुढाको अध्यक्षतामा उपाध्यक्ष गणेश बेव बाँठा, श्रीमन घर्तीमगर, सचीव राकेश कुमाकि, सहसचिव रबिन बुढा मगर, मिना रोका, बिवस दर्लामि, प्रेम प्रकाश पुन र कोषाध्यक्ष एलिना पुन रहनेगरी ३५ सदस्यीय गाउँपालिका कमिटी गठन गरेको छ ।

परिबर्तन गाउँपालिका रोल्पामा माओबादि केन्द्रले क्लिन स्विप गरेको स्थानिय तह हो ।

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *