टी-२० विश्वकप : भारतविरूद्ध पाकिस्तानको सानदार जीत

काठमाडौं – टी–२० विश्वकप अन्तर्गत सुपर १२ को खेलमा पाकिस्तानले भारतमाथि १० विकेटको जीत हात पारेको छ। टस हारेर पहिलो व्याटिङमा उत्रिएको भारतले पाकिस्तानलाई १ सय ५२ रनको लक्ष्य दिएको थियो। पाकिस्तानले १७.५ ओभरमा लक्ष्य पछ्याउँदै सानदार जीत निकालेको हो।

पाकिस्तानका मोहमद रिजवानले ७९ रन र कप्तान बाबर आजमले ६८ रनको योगदान गरे।
पहिलो पारिमा भारतले ७ विकेट गुमाउँदै १५१ रन बनाएको थियो। भारतका कप्तान विराट कोहलीले ५७ रन र ऋषभ पन्तले ३९ रन जोडेका थिए।

यो सँगै विश्वकपमा पाकिस्तानविरुद्ध भारतको अपराजित इतिहासमा पूर्णविराम लागेको छ।

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *