अख्तियारले कार्यालयमा छापा मारेपछि पत्रकार सम्मेलन गर्दै मुख्यमन्त्री राउत

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार दिउँसो प्रदेश २ को मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा छापा मारेको छ। अख्तियारले छापा मारेपछि  मुख्यमन्त्री लालबाबु राउतले अहिले केहीबेरमा पत्रकार सम्मेलन गर्दै छन्।

बुधबार साँज ५ बजे मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा पत्रकार सम्मेलन आयोजना गरिएको मुख्यमन्त्रीका स्वकीय सचिव जितेन्द्र यादवले जानकारी दिए। मुख्यमन्त्री बेटी पढाऊ, बेटी बचाऊ कार्यक्रमअन्तर्गत छात्रालाई वितरण गर्न खरिद गरिएको साइकलमा व्यापक अनियमितता भएको उजुरी परेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिबास कार्यालयले दिउँसो छापा हानेको थियो। अख्तियारले साइकल खरिद समबन्धी सम्पूर्ण कागजात नियन्त्रणमा लिई अनुसन्धान थालेको अख्तियारका उपसचिव मेघनाथ रिमालले जानकारी दिए।

अरू प्रक्रिया हुँदाहुँदै संघीयतालाई बदनाम गराउने नियतले अख्तियारले छापा मारेको भन्दै मुख्यमन्त्री राउत आक्रोशित भएको उनीनिकट स्रोतले बतायो। मुख्यमन्त्री राउतले आफ्नो धारणा राख्न पत्रकार सम्मेलन गर्न लागेका हुन्।

कार्यालयमा छापा मारिएको बेला मुख्यमन्त्री राउत जसपा प्रदेश २ मा उपलब्ध केन्द्रीय सदस्यको  बैठकमा सहभागी थिए। जनकपुरमा भएको उक्त बैठकमा जसपा अध्यक्ष उपेन्द्र यादव पनि सहभागी थिए।

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *