माओवादी केन्द्रको नेतृत्वमा हेलम्बुमा तुइन संचालन

सिन्धुपाल्चोक – गत असार १ र साउन १७ गते मेलम्ची खोलामा आएको बाढीले चनौटेस्थित रातोपुल बगाएपछि बैकल्पिक वारपार गर्न नेकपा (माओबादी केन्द्र) ले उक्त खोलामा तुइन सञ्चालन गरेको छ।

हेलम्बु गाउँपालिकाको कार्यालय सहित वडा नम्बर १,२ र ३ जोड्ने पुल बाढीले बगाएको करिब तीन महिना भइसक्दा पनि पुल निर्माणका लागि स्थानीय तह तथा अन्य सरोकारवाला निकायले चासो नदिएपछि माओबादी केन्द्रको नेतृत्व तथा केन्द्रिय सदस्य युवराज दुलालको पहलमा माओवादी केन्द्रका नेता भरत थापा , पेमा ह्योल्मो, लिलाबहादुर जोति, विश्वराम गुराइगाइ लगायतको सक्रियतामा तुइन निर्माण गरिएको नेता समीर गिरिले जानकारी दिए ।

तुइनको माओवादी केन्द्रका जिल्ला सदस्य तथा हेलम्बु अध्यक्ष पेमा ह्योल्मोले आइतबार स्थानीयहरुको उपस्तिथिमा उद्घाटन गर्नुभएको हो । उद्घाटनमा बोल्दै नेता ह्योल्मोले पुल बगाएको लामो समयसम्म पनि स्थानीय सरकार लगायत सरोकारवालाहरुले चासो नदेखाएकोले स्थानीय जनताको जनजीवन सहज बनाउन पार्टीको नेतृत्वमा तुइन निर्माण गरिएको बताउनुभयो ।

खोला वारपार गर्ने अन्य विकल्प नहुँदा साउन १७ यता स्थानीय जनता विभिन्न सास्ती खेप्न बाध्य थिए । अहिले ‘तुइन सञ्चालन गरिएपछि स्थानीय वासी खुसी भएका छन्।

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *