अखिल (क्रान्तिकारी)को बागमती प्रदेश सम्मेलन असोज ४ गते हुने

काठमाडौं – नेकपा (माओवादी केन्द्र) निकट विद्यार्थी संगठन अनेरास्ववियू (क्रान्तिकारी)को प्रथम बागमती प्रदेश सम्मेलन असोज ४ गते काठमाडौँमा हुने भएको छ । ‘संघिय लोकतान्त्रिक गणतन्त्र र राष्ट्रियताको रक्षार्थ हाम्रो आन्दोलन !! संविधानको कार्यन्वयन र समग्र शैक्षिक रुपान्तरणको लागि प्रथम बागमती प्रदेश सम्मेलन !!’ भन्ने मूल नाराको साथ् प्रथम प्रदेश सम्मेलन हुन लागेको प्रदेश संयोजक पवन कार्कीले बताए ।

सम्मेलनको तयारीका लागि प्रदेश संयोजक पवन कार्कीको नेतृत्वमा मूल आयोजक समिति र प्रतिवेदन लेखन उपसमिति रहनेछ । प्रदेश सह-संयोजक प्रसुन कार्कीको नेतृत्वमा आर्थिक उपसमिति, बद्रि चुडालको नेतृत्वमा मंच तथा मेष व्यवस्थापन उप-समिति, सुरज सिंह ठकुरीको नेतृत्वमा प्रतिनिधि व्यवस्थापन उपसमिति, कृष्ण न्यौपानेको नेतृत्वमा स्वयंसेवक उपसमिति, संजीव रेग्मीको नेतृत्वमा प्रचारप्रसार उपसमिति तथा प्रदिप अर्यालको नेतृत्वमा कार्यालय व्यवस्थापन उपसमिति निर्माण भएका छन् ।

क्रान्तिकारीले प्रतिनिधिको पनि स्पस्ट मापदण्ड तोकेको छ । यस्तो छ परिपत्र :

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *