हेलम्बुका बाढी प्रभावितका लागि ह्योल्मो संघलाई मनाङ समाजको आर्थिक सहयोग

सिन्धुपाल्चोक – गत असार १ गते र साउन १७ गते मेलम्ची खोलामा आएको बाढी प्रभावित हेलम्बुका पिडितहरुको सहयोगका लागि मनाङ समाज सेवा समितिले आर्थिक सहयोग हस्तान्तरण गरेको छ ।

मनाङ समाजसेवा समितिका अध्यक्ष सुनिल गुरुङ लगायतको टिमले पीडितको सहयोगका लागि नेपाल ह्योल्मो समाज सेवा संघका केन्द्रिय अध्यक्ष पेमा ह्योल्मोलाई रु ३ लाख १० हजारको चेक र फुन्छोक गुरुङको तर्फबाट व्यक्तिगत रु १५ हजार नगद हस्तान्तरण गरेको हो ।

सहयोग ग्रहण गर्दै ह्योल्मो संघका अध्यक्ष पेमा ह्योल्मोले सिन्धुपाल्चोकले अकल्पनीय प्राकृतिक विपत्ति व्यहोर्नुपरेको र फेरि पहिलेकै अवस्थामा ल्याउन सबैको साथ आवश्यक भएकोले विभिन्न संघसंस्था र दातृ निकायहरूको सहयोग महत्त्वपूर्ण हुने भन्दै आफ्नै जिल्ला प्राकृतिक प्रकोपसँग लडिरहेका बेला पनि ठुलो मन बनाएर मनाङ समाजसेवा समितिले लगाएको गुण हेलम्बु क्षेत्रका जनताले सधैं सम्झिरहने बताउनुभयो ।

त्यस्तै सहयोग प्रदान गर्दै मनाङ समाजसेवा समितिका अध्यक्ष सुनिल गुरुङले मेलम्ची खोलामा आएको बाढीको क्षतिका कारण पीडित हेलम्बु क्षेत्रका जनताको पीडामा मल्हम लगाउन आफुहरुले सकेको सहयोग गरेको र ह्योल्मो संघले बाढी प्रभावितहरुको लागि गरिरहेको सहयोग देखेर वास्तविक पीडितसम्म सहयोग पुग्ने विश्वासले ह्योल्मो संघलाई नै हस्तान्तरण गरेको बताउनुभयो ।

ह्योल्मो संघले यसअघि पनि क्षतिग्रस्त क्षेत्रमा आर्थिक सँगै खाद्यान्न, जस्तापाता लत्ताकपडा लगायतका विभिन्न सहयोग सामग्री वितरण गर्दै आइरहेको छ ।

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *