सुदूरपश्चिममा एक्लिए भीम रावललाई

काठमाडौं – सुदूरपश्चिम प्रदेशका प्रभावशाली नेता मानिएका भीम रावलको सुदूरपश्चिम प्रदेशसभामा बलियो पकड थियो ।

रावलको रोजाइअनुसार प्रदेश सरकारमा एमालेका तर्फबाट मन्त्री बन्ने र हट्ने हुन्थ्यो । यसैगरी, एमाले संसदीय दलको जिम्मेवारी बाँडफाँट पनि उनकै चाहना बमोजिम हुँदै आएको थियो । एमाले अध्यक्ष केपी ओलीको कटु आलोचक रावलले नेता माधव नेपालको साथ छोडेर एमालेमै रहने निर्णय गरेपछि उनलाई आफ्नो पकड सुदूरपश्चिम प्रदेशमा ठूलो धक्का लाग्ने देखिएको छ ।

नवगठित नेकपा एकीकृत समाजवादीतर्फ देखिन थालेका छन् । सुदूरपश्चिम प्रदेशसभामा एमालेबाट निर्वाचित २५ सदस्य छन् । विगतमा सभामुखबाहेक २४ सांसदमध्ये १७ जना नेपाल पक्ष र सातजना ओली पक्षमा थिए । माधव पक्षमा रहेका १७ जना नै रावलनिकट थिए । ति मध्ये अधिकांश रावलको साथ छोडेर नेपाल पक्षमा खुलेका छन् ।

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *