एथ्लेटिक विल्वाओसँग १-१ को बराबरीमा रोकियो बार्सिलोना

काठमाडौं – स्पानिस ला लिगामा बार्सिलोना एथ्लेटिक विल्वाओसँग १-१ को बराबरीमा रोकिएको छ । शनिबार राति भएको खेलमा विल्वाओले सुरुआती अग्रता लिए पनि बार्सिलोनालेले गोल फर्काउँदै खेल बराबरी गरेको हो ।

घरेलु मैदानमा इनिगो मार्टिनेजले ५०औं मिनेटमा गोल गर्दै विल्वाओलाई अग्रता दिलाएका थिए । उनले इकर मुनियनको पासमा गो गरे । ७५औं मिनेटमा मेम्फिस डिपाएले बार्सिलोनाका लागि बराबरी गोल फर्काए । उनले सर्जी रोवर्टोको पासमा गोल गरे ।

इन्जुरी टाइममा बार्सिलोनाका एरिक गार्सियाले रातो कार्ड पाएका थिए । यस सिजन पहिलो बराबरी खेलेको बार्सिलोनाको २ खेलबाट ४ अंकसहित शीर्ष स्थानमा छ । यस्तै अलाभेजलाई १-० ले पराजित गर्दै पहिलो जित हात पारेको मालोर्काको पनि ४ अंक छ र दोस्रो स्थानमा छ ।

अर्को खेलमा भ्यालेन्सियाले ग्रानडासँग १-१ को बराबरी खेलेको छ । भ्यालेन्सिया पनि ४ अंकसहित तेस्रो स्थानमा छ ।

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *