पाँचपोखरी थाङ्गपाल गाउँपालिकालाइ नेपाल ह्योल्मो समाजसेवा संघको आर्थिक सहयोग

सिन्धुपाल्चोक – इन्द्रावती नदिमा गत असार १ गते आएको बाढी र विभिन्न स्थानमा गएको पहिरोका कारण पीडितका लागि नेपाल ह्योल्मो समाजसेवा संघले पाँचपोखरी थाङ्पाल गाउँपालिकालाइ डेढ लाख रुपैया आर्थिक सहयोग गरेको छ ।

नेपाल ह्योल्मो समाजसेवा संघको केन्द्रिय कार्यालयमा अध्यक्ष पेमा ह्योल्मोले पाँचपोखरी थाङ्पाल गाउँपालिका का अध्यक्ष टासी लामालाई सहयोग हस्तान्तरण गर्नुभएको हो । सहयोग ग्रहण गर्दै पालिका अध्यक्ष लामाले सिन्धुपाल्चोकको हेलम्बु, मेलम्ची र पाँचपोखरी क्षेत्रले अकल्पनीय प्राकृतिक विपत्ति व्यहोर्नुपरेको र फेरि पहिलेकै अवस्थामा ल्याउन पालिकाले मात्रै सम्भव नभएकोले विभिन्न संघसंस्था र दातृ निकायहरूको सहयोग महत्त्वपूर्ण हुने भन्दै विपत्तिमा लगाएको गुण गाउँपालिका र प्रभावित जनताले सधैं सम्झिरहने बताउनुभयो ।

त्यस्तै सहयोग प्रदान गर्दै नेपाल ह्योल्मो समाजसेवा संघका केन्द्रिय अध्यक्ष पेमा ह्योल्मोले हेलम्बु, मेलम्ची र पाँचपोखरी क्षेत्रमा आएको बाढी पहिरो लगायतका प्राकृतिक विपत्तिबाट धेरै दुखी भएको बताउँदै नेपाल ह्योल्मो समाजसेवा संघ हेलम्बु, मेलम्ची र पाँचपोखरी क्षेत्रलाई फेरि उठाउनका लागि निरन्तर लाग्ने बताउनुभयो ।

कार्यक्रममा संघका उपाध्यक्ष रेन्जेन दोङ्बा, डोल्मा कुमारी ह्योल्मो, महासचिव केसाङ ह्योल्मो कोषाध्यक्ष नुर्पु डोल्मा लामा पुर्णिमा ह्योल्मो लगायतको उपस्थिति थियो । संघले यसअघि पनि क्षतिग्रस्त क्षेत्रमा आर्थिक सहयोगका साथै खाद्यान्न, जस्तापाता लत्ताकपडा लगायतका विभिन्न सहयोग सामग्री वितरण गर्दै आइरहेको छ ।

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *