अमेरिकी सेनाले कावुल विमानस्थलमा गोली चलायो

ऎजेन्सी – अमेरिकी सेनाले कावुल विमानस्थलमा गोली चलाएको छ। सेनाले हवाई फायर गरेको जनाइएको छ। सेनाले हवाई फायर गरेपछि त्यहाँ भागाभागको अवस्था आएको छ।  ‘विमानस्थलको भीड नियन्त्रण भन्दा बाहिर छ,’ अमेरिकी अधिकारीले भनेका छन्, ‘भीडलाई तितरवितर गर्नमात्र फायर गरिएको हो।’

विमानस्थलमा रहेका एक प्रत्यक्षदर्शीका अनुसार  अमेरिकी सेनाले कयौं पटक फायर गरेको थियो। कावुल विमानस्थलमा अहिले अफगानिस्तान छोड्नेहरुको भीड लागेको छ। कावुल विमानस्थल अमेरिकी सेनाको नियन्त्रणमा छ। कावुलबाट व्यवसायी उडानहरु रद्ध भएका छन। अहिले सैन्य उडान र चार्टर उडानहरु मात्र भइरहेका छन्।

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *