नेपाल ह्योल्मो समाजसेवा संघद्वारा हेलम्बुमा साढे तिन लाख आर्थिक सहयोग

सिन्धुपाल्चोक – मेलम्ची खोलामा गत असार १ गते र साउन १७ गते आएको बाढीले क्षतविक्षत बनाएको हेलम्बुमा नेपाल ह्योल्मो समाजसेवा संघले साढे तीन लाख रुपैया आर्थिक सहयोग गरेको छ ।

ह्योल्मो समाजसेवा संघका केन्द्रिय अध्यक्ष पेमा ह्योल्मोको नेतृत्वमा गोसेर ह्योल्मो, उपाध्यक्ष डोल्मा कुमारी ह्योल्मो, कोषाध्यक्ष नुर्पु डोल्मा लामा सदस्य पुर्णिामा ह्योल्मो लगायतको टोलिले सहयोग रकम हस्तान्तरण गरेको हो ।

संघले हेलम्बु गाउँपालिकाको लागि डेढ लाख रुपैया उपाध्यक्ष कोपिला पण्डितलाई हस्तान्तरण गरेको छ । त्यस्तै मेलम्ची खोलामा आएको बाढीले पुर्ण रूपमा क्षति भएको इष्ट पोइन्ट एकेडेमीको पुनर्निर्माणका लागि पचास हजार र चनौटे क्षेत्रमा निर्माण हुँदै गरेको तुइन निर्माणको लागि डेढ लाख रुपैया सहयोग गरेको छ ।

सहयोग हस्तान्तरण गर्दै अध्यक्ष पेमा ह्योल्मोले मेलम्ची खोलामा आएको बाढीले हेलम्बु र मेलम्ची क्षेत्र क्षतविक्षत बनाउँदा धेरै दुख लागेको बताउँदै संस्थागत र आफ्नो ब्यक्तिगत रूपमा पनि हेलम्बु-मेलम्ची क्षेत्रलाई फेरि उठाउनका लागि निरन्तर लाग्ने बताउनुभयो । सहयोग हस्तान्तरण कार्यक्रममा हेलम्बु-मेलम्ची खोला बाढी प्रभावित सरोकार समितिका अध्यक्ष भरत थापाले ह्योल्मो समाजसेवा संघलाई धन्यवाद दिँदै हेलम्बु क्षेत्रका बाढी प्रभावित हरुको जनजीवन सहज बनाउनका लागि सुरुदेखि नै लागिरहेको र यस क्षेत्रको बाटो, पुल लगायतका संरचना पुनर्निर्माण र पीडितको पुनःस्थापना को लागि निरन्तर पहल गर्ने बताउनुभयो ।

नेपाल ह्योल्मो समाजसेवा संघले यसअघि पनि खाद्यान्न, जस्तापाता, लत्ताकपडा लगायतका विभिन्न सहयोग सामग्री वितरण गर्दै आइरहेको छ ।

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *