माओवादी केन्द्रलाई आगामी निर्वाचनमा सिन्धुपाल्चोकको पहिलो पार्टी बनाउँछौ : नेता दुलाल

काठमाडौ – नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा बागमती प्रदेशका पुर्व सामाजिक बिकास मन्त्री युवराज दुलालले आगामी निर्वाचनमा माओवादी केन्द्रलाई सिन्धुपाल्चोकको पहिलो पार्टी बनाउने बताउनुभएको छ ।

काठमाडौंको नारायणटार स्थित पिस ब्याङ्क्वेटमा फुर्वा जाङ्बु लामा को अध्यक्षतामा सम्पन्न नेकपा माओवादी केन्द्र हेलम्बु काठमाडौं सम्पर्क समन्वय समितिको भेलामा बोल्दै प्रमुख अतिथि दुलालले देश माओवादी केन्द्रको एजेण्डामा चलिरहेको बताउँदै बिकास र जनसेवाको काममा लाग्न कार्यकर्तालाई निर्देशन दिनुभयो । गत असार एक गते मेलम्ची खोलामा आएको बाढी पश्चात् राहत, उद्दार, सडक र विद्युत सुचारुका लागि पहल गर्नेदेखि लिएर सबै पिडितसम्म पुग्ने कुरामा माओवादी केन्द्र सबैभन्दा अगाडि रहेको बताउँदै दुलालले जनताको सुखदुःखमा साथ दिदै आगामी निर्वाचनमा सिन्धुपाल्चोकमा माओवादी केन्द्रलाई पहिलो पार्टी बनाउने बताउनुभयो ।

त्यस्तै कार्यक्रममा बोल्दै विशेष अतिथि चन्द्रबहादुर थापाले नयाँ जोश र जाँगरका साथ परिवर्तन विरोधी र प्रतिगामीहरुले फैलाएको भ्रमलाई चिर्दै जनताको बीचमा गएर पार्टीलाई पहिलो राजनीतिक शक्ति बनाउन सबै नेता कार्यकर्ता लाग्नुपर्ने बताउनु भयो ।

भेलाले फुर्वा जाङ्बु लामाको अध्यक्षतामा हेलम्बु काठमाडौं सम्पर्क समन्वय समिति गठन गरेको नेता समीर गिरिले जानकारी दिए ।

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *