देशका अधिकांश स्थानमा चट्याङसहित भारी वर्षाको सम्भावना

काठमाडौं – आज दिउँसो देशका अधिकांश स्थानमा सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

जल तथा मौसम पूर्वानुमान शाखाले दिएको जानकारी अनुसार  प्रदेश नं १,  बागमती प्रदेश , गण्डकी प्रदेश,  लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका एक–दुई स्थानहरुमा मेघ गर्जन र चट्याङ सहित भारी वर्षाको सम्भावना रहेको छ।

हाल मनसुनी न्युन चापिय रेखा नेपालको तराई भू–भाग नजिक रहेकोकाले यसको प्रभाव तराई भेगमा बढी पर्ने शाखाले जनाएको छ ।

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *