नेपाल ह्योल्मो समाजसेवा संघद्वारा बाढीले घर बगाएका परिवारलाई जस्तापाता वितरण

मेलम्ची – सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका ३ स्थित बाढीका कारण घरवारविहीन १५ परिवारलाई जस्तापाता वितरण गरिएको छ ।

नेपाल ह्योल्मो समाजसेवा संघका अध्यक्ष पेमा ह्योल्मोको नेतृत्वमा ह्योल्मो समाजसेवा संघ र कफि ब्रीउ स्टेसन जावलाखेलका संचालक बालक मगरको तर्फबाट प्राप्त जस्तापाता माओवादी केन्द्रका नेता समीर गिरिको अगुवाइमा बाढिले घर बगाएका हेलम्बु गाउँपालिका वडा नम्बर ३ का १५ परिवारलाई डेढ बण्डलका दरले वितरण गरिएको हो ।

सहयोगीका तर्फबाट नेपाल ह्योल्मो समाजसेवा संघका अध्यक्ष पेमा ह्योल्मोले आफ्नै देशका दाजुभाइ दुखमा परेको हेरेर बस्न नसकेकाले थोरै भएपनि दुख साट्न आफुले सकेको राहत सामग्री सहयोग गरेको बताउनुभयो । सहयोग वितरण कार्यक्रममा ह्योल्मो समाजसेवा संघका उपाध्यक्ष रेन्जेन दोङ्बा, महासचिव केसाङ ह्योल्मो, कोषाध्यक्ष नुर्वु डोल्मा ह्योल्मो लगायतको उपस्थिति थियो ।

गत असार १ गते र साउन १७ गते मेलम्ची खोलामा आएको विनाशकारी बाढिका कारण त्यस क्षेत्रका सयौं परिवार घरवारविहीन भएका छन् भने करोडौंको क्षति भएको छ ।

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *