जनयुद्धको झल्को दिनेगरी ताँजाकोटमा वाइसीएलको शक्ति प्रदर्शन

हुम्ला – योङ्ग कम्युनिस्ट लिग (वाइसीएल) ले हुम्लामा शक्ति प्रदर्शन गरेको छ । वाइसीएलले हुम्लाको ताँजाकोट गाउँपालिकामा शक्ति प्रदर्सन गरेको हो ।

जनयुद्धको झल्को आउने गरि ताँजाकोटको छाप्रोमा भएको भेलाले गणेश मल्लको अध्यक्षतामा ७५ सदस्यीय गाउँपालिका कमिटी समेत गठन गरेको छ । माओवादी केन्द्र ताँजाकोट गाउँपलिका इन्चार्ज रणसिंह परियारले पार्टीको जनवर्गीय संगठनहरुको गाउँपालिका स्तरीय भेला तथा संगठन बिस्तार अभियान संचालन गरेको जानकारी दिए ।

कार्यक्रममा माओवादी केन्द्र हुम्लाका अध्यक्ष लालकेश जैसिले हुम्ला जिल्लालाई लालकिल्ला बनाउने भन्दै त्यहीअनुसार अघि बढ्न कार्यकर्तालाई निर्देश दिएका थिए ।

कार्यक्रममा नेकपा एमाले निकट शिक्षक संगठनका केन्द्रिय सदस्य धनसिंह बोहरा सहित दुइ दर्जनभन्दा बढी युवाहरू माओवादी केन्द्रमा प्रवेश गरेका वाइसीएल केन्द्रिय सदस्य तथा हुम्ला इन्चार्ज अखिल शाहीले बताए ।

कार्यक्रममा तीन हजार भन्दा बढीको उपस्थिति थियो भने पाँच सय युवाले परेड खेलेका थिए ।

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *