एनआरएनए पोर्चुगलमा चुनावी सरगर्मी, अध्यक्षको दौडमा अधिकारी अगाडि

लिस्वोन – गैरआवासीय नेपाली संघ पोर्चुगलको आसन्न निर्वाचनले पोर्चुगलमा रहेका नेपालीहरूबीच चुनावी सरगर्मी बढेको छ । सहमतीको प्रयास बिफल भएपछी फरक फरकरुपमा चुनाबको तयारीमा जुटिरहेका छ्न ।

चुनावी सरगर्मी बढ्दै जाँदा अध्यक्ष पदमा ३ जना उमेदवार मध्ये रविन अधिकारी अगाडि देखिएका छन् । एनआरएन पोर्चुगललाई एकताबद्ध, सशक्त र मजबुद बनाउन र पोर्चुगलमा रहेका नेपालीहरुको सुखदुखमा दरिलो साथी बनाउनका लागि आफु संस्थाको नेतृत्वमा आउन चाहेको अध्यक्षका उमेदवार अधिकारीकोको भनाइ छ । युवा उद्यमी तथा समाजसेवी रबिन अधिकारीले आफ्नो सामाजिक योगदानको मुल्यांकन गरि दिन सबैमा अपिल गरिरहेका छन् ।

त्यस्तै वरिष्ठ उपाध्यक्षको उमेदवार सीता श्रेष्ठले इमानदारिता, पारदर्शिता, मितव्ययितालाई मुलमन्त्र बनाउँदै ठोस कार्ययोजना बनाएर आर्थिक स्थिरता र आत्मनिर्भरतामा जोड दिने बताउनुभयो ।

सचीवका उमेदवार राजेश दुलालले एनआरएन भित्रको चरम राजनीति र अनियमितताको अन्त्य गर्दै नेपालीहरुको हितमा काम गर्दै सबै नेपालीहरुलाई एनआरएनको पहुचं भित्र ल्याउनका लागि भुमिका खेल्ने बताउँदै आफ्नो उम्मेद्बारीले गैरआवासीय नेपाली संघमा भएको पुरानो पुस्ता र नयाँ पुस्ताबीचको दुरि कम गर्दै आम युवा पुस्तालाई हौसला समेत मिल्ने बताउनुभयो

यस्ता छन् अध्यक्षका उमेदवार अधिकारीका प्रतिबद्दताहरु

१) हरेक पोर्चुगल बासी नेपालीको अपनत्व हुने गरी संस्था रुपान्तरणको निरन्तरता दिने ।
२) गैरआवासीय नेपाली संघका पदाधिकारीहरुलाई संघका सदस्यप्रति उत्तरदायी बनाउन वैधानिक व्यवस्था गर्ने साथै एनआरएनए पोर्चुगल ले तय गरेको नीति तथा योजनाहरुलाई सार्वजनिक छलफलमा ल्याउदै आवश्यक सल्लाह, सुझाव सहित संकलन गर्ने गरी सुचना आदान प्रदानलाई प्रभावकारी बनाउनेछु ।
३) ५० हजार युरोसम्मको अक्षयकोष स्थापना गर्दै आपतकालीन कामका लागि प्रयोग गर्ने ।
४) मातृभूमिको लागि आर्थिक, सामाजिक, सांस्कृतिक र पर्यटन प्रबर्धनका कार्यक्रमहरुको निरन्तरता सहित सुदृढ़ र एकिकृत नेपाली समाजको परिकल्पना लाई अगाडी बढाउने।
५) संस्थाको दिगो आर्थिक मजबुतीकरण र पारदर्शितालाई सुद्रिढीकरण गर्ने ।
६) स्मार्ट एनआरएनए अभियानलाई अझै मुर्त रुपमा ल्याउन र आवश्यक ढाट़ा सुरक्षा प्रणालीलाई सुद्रिदिकरण गर्न पहल गर्ने।
७) युवाहरुलाई एनआरएनए अभियानमा स्वतस्फूर्त सक्रिय हुने वातावरण तयार गर्ने।
८) ‘’नेपालीका लागि नेपाली” भन्ने मूल नारालाई पूर्णता दिलाउन र नेपाली समुदायकै हक हित र अधिकार प्राप्तिका लागि निर्णयात्मक भूमिका खेल्ने।
९) बालबालिकाको लागि नेपाली भाषा,साहित्य,कला र संस्कृतिको प्रबन्ध तथा विकासको लागि समुदाय संग मिलेर प्रभावकारी अभियान चलाउन पहल गर्ने।

गैरआवासिय नेपाली संघ पोर्चुगलको निर्वाचन यही आइतबार हुँदैछ ।

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *