केपी ओलीले प्रतिगमन गरेकै हो : राजेन्द्र महतो

काठमाडौं – केपी शर्मा ओली नेतृत्वको पूर्ववर्ती सरकारमा उपप्रधानमन्त्री बनेर १८ दिनमै सर्वोच्च अदालतको फैसलाबाट पदच्युत भएका जनता समाजवादी पार्टी (जसपा) का नेता राजेन्द्र महतोले अन्ततः केपी ओलीलाई प्रतिगमनकारी करार गरेका छन् ।

सोमबार निर्वाचन आयोगको प्राङ्गणमा उभिएर नेता महतोले भने, ‘केपी ओलीले प्रतिगमन गरेकै थियो । केपी ओली वा देउवा हाम्रा लागि सब बराबर हो ।’ जसपा नेता महतोले अगाडि भने, ‘हामीले पहिलेदेखि भन्दै आएको, हाम्रा लागि त सबै प्रतिगमनकारी नै हो नि त । काँग्रेस, एमाले माओवादी सब मिलेर प्रतिगमनकारी संविधान बनाएको होइन ?’

महतोले नेपाल बहुल राष्ट्रिय राज्य रहेको बताउँदै भने, ‘जनता अगाडि बढ्छन् । यो बहुल राष्ट्रिय राज्य सबैको देश हो । सम्पूर्ण नेपालीको देश हो । योचाहिँ संवैधानिक र व्यवहारिक रुपले पनि हामीले निर्माण गर्न सक्नुपर्छ ।’

उनले थपे, ‘नेपाल विविधताले भरिएको देश हो । यो अभियान हो हाम्रो । शोषण उत्पीडनबाट मुक्ति दिलाउने अभियान हो । त्यसैले, देशको शासन र संविधान सम्पूर्ण नेपाली जनताको लागि बन्नुपर्छ । त्यसका लागि हामी संघर्षको बाटोमा छौं ।

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *