एनआरएनए पोर्चुगलको सचीवमा राजेश दुलालको उम्मेदवारी

लिस्वोन – गैरआवासीय नेपाली संघ पोर्चुगलको आसन्न निर्वाचनले पोर्चुगलमा रहेका नेपालीहरूबीच चुनावी सरगर्मी बढेको छ । चुनाव नजिकिएसँगै विभिन्न पदहरुमा उम्मेद्बारी घोषणा हुन थालेको छ ।

चुनावी सरगर्मी र उम्मेद्बारी घोषणाको क्रम बढ्दै जाँदा राजेश दुलालले सचीव पदका लागि उम्मेद्बारी घोषणा गर्नुभएको छ । पोर्चुगलमा रहेर नेपालीहरुको हकहित र अधिकारका लागि सहयोग गर्दै आइरहेका दुलालले एनआरएन भित्रको चरम राजनीति र अनियमितताको अन्त्य गर्दै नेपालीहरुको हितमा काम गर्दै सबै नेपालीहरुलाई एनआरएनको पहुचं भित्र ल्याउनका लागि उम्मेद्बारी दिएको बताउनुभयो । आफ्नो उम्मेद्बारीले गैरआवासीय नेपाली संघमा भएको पुरानो पुस्ता र नयाँ पुस्ताबीचको दुरि कम गर्दै आम युवा पुस्तालाई हौसला मिल्ने पनि दुलालले बताउनुभयो

गैरआवासिय नेपाली संघ पोर्चुगलको आठौं अधिवेशन ३१ जुलाईमा हुँदैछ ।

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *