पुर्वमन्त्री युवराज दुलालको उपस्थितिमा बाढी पीडितलाई आर्थिक सहयोग

मेलम्ची – सिन्धुपाल्चोक घर भै हाल इटालीमा रहनुभएका रविन्द्र अर्याल र गरिमा भोयज ट्राभल्सद्वारा सिन्धुपाल्चोकको हेलम्बु तथा मेलम्ची बाढि प्रभावितलाई सहयोग गरिएको छ ।

शुक्रबार बागमति प्रदेशका पुर्व सामाजिक मन्त्री युवराज दुलाल, माओवादी केन्द्रका नेता भरत थापा र समाजसेवी राजेन्द्र अर्याल बाढि प्रभावित क्षेत्रमा पुगि सहयोग हस्तान्तरण गर्नुभयो ।

बाढिमा मृत्यृ भएका तथा वेपत्ता र करेन्ट लागेर मृत्यृ भएका १७ जनाका परिवारलाई २० हजारका दरले सहयोग गरिएको हो ।

त्यस्तै बाढिले प्रभावित तेर्से माविलाई, मेलम्ची बचाउ अभियान र हेलम्बु युवा समाजलाई ५५/५५ हजार, मेलम्चीलाई १ लाख पचास हजार, हेलम्बु र पाँच पोखरि गाउपालिकालाई एक-एक लाख र रेडियो मेलम्चीलाई २५ हजार सहयोग गरिएको छ ।

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *