थप ६०८५ जनामा कोरोना सक्रमण पुष्टि, ६८९८ निको

काठमाडौं – पछिल्लो २४ घण्टामा थप ६०८५ जनामा कोरोना सक्रमण पुष्टि भएको छ । यस्तै  ६८९८ जना निको भएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कुल २० हजार १६५ जनामा कोरोना परीक्षण गर्दा ६ हजार ८५ जनामा संक्रमण पुष्टि भएको हो । सोही अवधिमा ६८ जनाको मृत्यु भएको छ ।

यससँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको कुल संख्या ७४५४ पुगेको छ भने संक्रमितको कुल संख्या ५ लाख ६६ हजार ५८७ पुगेको छ । यस्तै निको हुनेको कुल संख्या ४ लाख ५४ हजार ३४४ पुगेको छ । हाल देशभर १ लाख ४ हजार ७८९ सक्रिय संक्रमित रहेका छन् ।

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *