मन्त्रीको निर्देशनमा गहुँबाली नष्ट गरी मेला लगाउने तयारी

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूहका स्थायी कमिटी सदस्य एवम् शहरी विकासमन्त्री प्रभु साहले महाशिवरात्रि मेला लगाउन किसानले लगाएको गहुँ बालीमा डोजर लगाएका छन् । रौतहट जिल्लाको मौलपुर गाउँमा फागुन २७ गते महाशिवरात्रिको उपलक्ष्यमा ठूलो मेला लगाउनका लागि…

ताप्लेजुङको आगो अझै नियन्त्रणमा आएन, ४० घर जले

काठमाडौं – ताप्लेजुङको दोभान बजारमा भइरहेको आगलागीबाट कम्तिमा ४० घर जलेर नष्ट भएका छन्। घटनास्थलमै रहेकी ताप्लेजुङकी सहायक प्रमुख जिल्ला अधिकारी गायत्रा अधिकारी खड्काले सेतोपाटीलाई दिएको जानकारी अनुसार कम्तिमा ४० घर पूर्ण रूपमा नष्ट भएका छन्। यो संख्या बढ्न सक्ने…

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौं – पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएको छ । नेपाल आयल निगमले आज राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्य बढाएको हो । निगमले पेट्रोल, डिजेल मट्टितेलको मूल्य प्रतिलिटर २/२ रुपैयाँ बढाएको हो । त्यस्तै, र…

२०७८ सालमा तीन दशैं

काठमाडौं – वि.सं. २०७८ मा तीन दशैं परेको छ । यो वर्ष चैत्र शुक्ल पक्षमा पर्ने दुई वटा चैते दशैं परेको छ । वैशाख ७ गते मंगलबार चैत्र शुक्ल अष्टमी अर्थात् चैते दशैं परेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले स्वीकृत गरेको…

नेकपा र सूर्य चिन्ह हाम्रै हो, घोषणा हुनमात्र बाँकी छ : प्रचण्ड

काठमाडौं – नेकपा प्रचण्ड–माधव पक्षका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले केही दिनभित्रै निर्वाचन आयोगले नेकपाबारे निर्णय गर्ने बताएका छन् । उनले निर्वाचन आयोगले केही दिनभित्रै गर्ने उक्त निर्णय आफ्नो पक्षमा आउने दावी समेत गरे । सोमबार सोमबार नेकपा निकट पेसागत…

दल विभाजनसम्बन्धी विधेयक ल्याए काङ्ग्रेसले सहयोग गर्ने

काठमाडौ – काँग्रेसले नेकपाको आन्तरिक झगडाका कारण राष्ट्र र संसद्लाई लामो समय बन्धक राख्न नमिल्ने भन्दै विवाद चाँडो टुंगो लगाउन प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल–माधवकुमार नेपाल समुहलाई आग्रह गरेको छ । वैधानिक रुपमा नेकपा विभाजन हुने–नहुने टुंगो लाग्न…

म्यानमारमा सैनिक शासनविरुद्ध आन्दोलन, एकैदिन १८ बढी आन्दोलनकारीको मृत्यु

ऎजेन्सी – म्यानमारमा सैनिक शासन विरोधी आन्दोलनका क्रममा मृत्यु हुनेको संख्या १८ पुगेको छ । बीबीसीका अनुसार आइतबार एकैदिन १८ जनाको मृत्यु भएको हो । संयुक्त राष्ट्रसंघीय मानवअधिकार कार्यालयले आइतबार भएको प्रहरी हस्तक्षेपलाई सैनिक शासन विरुद्ध सुरु भएको आन्दोलयताकै घातक…