भारतमा फेरि भयावह बन्दै कोरोना

ऎजेन्सी – २८ मार्चमा भारतमा संसारकै सबैभन्दा धेरै ६८ हजार २० जना कोरोना संक्रमित पाइए । यो आँकडा पछिल्लो १ सय ६९ दिनयताको सबैभन्दा धेरै हो ।

यसअघि अघिल्लो वर्ष १० अक्टोबरमा ७४ हजार ४ सय १८ जनामा संक्रमण देखिएको थियो । भारतका १५ भन्दा धेरै जिल्लामा कोरोनाको दोस्रो लहरले भयानक रुप लिइसकेको छ । यी जिल्लामा नयाँ संक्रमितको संख्या लगातार बढिरहेको छ । यद्यपी, अझै पनि दोस्रो लहरको उच्च अवस्था आइसकेको छैन ।

उच्च बिन्दु कतिबेला आइपुग्छ ? यसबारे कुनै पनि वैज्ञानिक स्पष्टसँग केही पनि बोल्नसक्ने अवस्थामा छैनन् किनकी अहिलेको अवस्थालाई संक्रमणको दोस्रो लहरको सुरुवाती चरण मानिएको छ ।

सेप्टेम्बर २०२० मा पहिलो चरणको उच्च अवस्थामा महाराष्ट्रका केही जिल्लामा संक्रमितको ग्राफ जे थियो, अहिले त्यो तीन गुणाभन्दा धेरै भइसकेको छ ।

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *