कार्यकर्तालाई माधव नेपालको आह्वान: ओलीविरुद्ध देशव्यापी अभियान चलाइन्छ, मैदानमा उत्रीनुस

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी एमालेका बरिष्ठ नेता माधवकुमार नेपालले अब केपी शर्मा ओलीका विरुद्धमा देशव्यापी अभियान चलाइने बताएका छन् । उनले देशैभरिका कार्यकर्ताहरुलाई मैदानमा उत्रन आह्वानसमेत गरेका छन् ।

अध्यक्ष ओलीले सोमबार  माधव नेपाल र भीम रावललाई ६ महिनाका लागि निलम्वन गर्ने निर्णय गरेलगत्तै नेता नेपालको आक्रामक प्रतिक्रिया आएको हो । बरिष्ठ नेता नेपालले केपी शर्मा ओली एमालेको अध्यक्ष नरहेकाले उनमा कारवाही गर्ने कुनै अधिकार नरहेको बताए । ओलीले आफैं केन्द्रीय कमिटी भंग गरेको अवस्थामा यसरी कारवाही गर्न नमिल्ने उनले बताए ।

नेता नेपालले भने, ‘केपी ओली अहिले नेकपा एमालेको अध्यक्ष पनि होइन । उहाँ एमाले केन्द्रीय कमिटीको अध्यक्ष होइन । उहाँले एमालेको केन्द्रीय कमिटी भंग गरिसक्नुभयो । त्यसो हुनाले केन्द्रीय कमिटीको अध्यक्षका रुपमा काम गर्ने उहाँसँग केही पनि अधिकार छैन ।

ओलीले निलम्वन गरेको पत्र आफूले नपाएको बताउँदै नेता नेपालले अब देशव्यापीरुपमा ओलीविरुद्ध उत्रन कार्यकर्ताहरुलाई आह्वानसमेत गरे । नेपालले भने, ‘अब केपी ओलीका विरुद्धमा देशव्यापी अभियान चलाइन्छ ।’

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *