काठमाडौंका धारामा मेलम्चीको पानी

काठमाडौँ – मेलम्चीको खानेपानी उपत्यकाका विभिन्न क्षेत्रमा वितरण गर्न थालिएको छ ।

काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) ले मेलम्चीको खानेपानी विभिन्न ठाउँका ट्यांकीहरु भर्दै पानी वितरण गर्ने काम आइतबारदेखि सुरु गरेको हो । केयूकेएलले आइतबार दुई बजेदेखि काठमाडौंका विभिन्न क्षेत्रमा पानी वितरण सुरु गरिएको जानकारी दिएको छ । केयूकेएलका प्रवक्ता प्रकाशकुमार राईले चाबहिलको महाँकाल चौरको ट्यांकीबाट दुई बजेदेखि पानी वितरण सुरु गरेको बताए ।

‘मेलम्चीको खानेपानी वितरण गरिरहेका छौं । चाबहिलको महाँकाल चौरको ट्यांकीबाट हाम्रो २ बजेदेखि सुरु भयो,’ उनले भने, ‘अनामनगरको ट्यांकीबाट पनि २ बजेदेखि सुरु गर्‍यौं । अहिले मेलम्चीको कुटुबहाल, कालोपुल, विशालनगर, देवकोटा चोक, बत्तिसपुतली, बागेश्वरी क्षेत्रमा पानी आइरहेको छ ।’ यो पानीलाई बन्द गरेर फेरि अर्काेतिर पठाइदिने उनले बताए । हाल मीनभवनको पानी ट्यांकी भरिँदै गरेको उनको भनाइ छ ।

‘आज तीन बजेदेखि मीनभवनको ट्यांकीमा पानी भर्न सुरु गरेका हौं,’ राईले भने ‘यो भरिन तीन/चार घन्टा लाग्ला भन्ने छ । यो भरिसकेपछि त्यहाँबाट पनि वितरण गर्न सुरु गर्छाै ।’ उनका अनुसार केयूकेएलले पानी वितरणको काम गरिरहेको छ । बाँसबारी र महाराजगन्जको ट्यांकीमा पनि पानी भरेर वितरण गरिनेछ । खुमलटारको पानी चढ्न एकदुई दिन लाग्ने जस्तो भए पनि चाँडोभन्दा चाँडो उपभोक्तालाई पानी वितरण गर्नका लागि कोसिस भइरहेको उनले बताए ।

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *