डिजोनविरुद्ध पीएसजीको सहज जित, एमबाप्पेको दुई गोल

काठमाडौं – किलिएन एमबाप्पेको दुई गोल मद्दतमा फ्रेन्च लिग वान को साविक विजेता पेरिस सेन्ट जर्मेन (पीएसजी) ले डिजोनविरुद्ध सहज जित हात पारेको छ ।

शनिबार राति भएको खेलमा पीएसजीले अंक तालिकाको पुछारको टिम डिजोनलाई ४-० ले पराजित गरेको हो । डिजोनको मैदानमा भएको खेलमा पीएसजीलाई जित दिलाउन किलियन एमबाप्पेले दुई गोल गरे । यस्तै मोइस किन र डानिलो पेरेइराले एक एक गोल गरे ।

एमबाप्पेले ३२औं र ५१औं मपनेटमा गोल गरे । त्यसअघि खेलको छैटौं मिनेटमा मोइस किनले गोल गर्दै पीएसजीलाई अग्रता दिलाएका थिए । ८२ औं मिनेटमा डानिलोले पीएसजीको लागि चौथो गोल गरे ।

जितपछि २७ खेलबाट ५७ अंक जोडेको पीएसजी लियोनलाई पछि पार्दै अंकतालिकामा दोस्रो स्थानमा उक्लिएको छ । लिग लिडर लिलेसँग अंकदूरी १ मा झारेको छ । एक खेल कम खेलेको लिले ५८ अंकसहित शीर्ष स्थानमा छ ।

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *