प्रतिनिधिसभा विघटन विरुद्ध अनेरास्ववियूको तेस्रो चरणको आन्दोलन सार्वजनिक

काठमाडौं – नेकपा (प्रचण्ड–नेपाल) पक्षको अनेरास्ववियूले प्रतिनिधिसभा विघटनको विरोधमा तेस्रो चरणको आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ । शुक्रबार बागबजारस्थित संगठनको कार्यालयमा एक पत्रकार सम्मेलन गरी तेस्रो चरणको कार्यक्रम घोषणा गरिएको अनेरास्ववियूका नेता सुरेन्द्र बस्नेतले जानकारी दिए ।

आन्दोलनमा बालुवाटार घेराउदेखि मन्त्रीहरुलाई सार्वजनिक बहिस्कार गर्नेसम्मका कार्यक्रम तय भएका छन् ।अनेरास्ववियूले माघ २२ र २३ गते सरकारी नम्बर प्लेटका गाडी चल्न नदिने निर्णयसमेत गरेको छ । तेस्रो चरणको आन्दोलन आगामी फागुन २ गतेसम्म हुन्छ ।

यसअघि प्रतिनिधिसभा विघटन विरुद्ध अनेरास्ववियूले पहिलो र दोस्रो चरणको आन्दोलनका क्रममा सडक बहस, बयलगाडा र्‍याली, लालटिन जुलुस, व्यंग्यात्मक कार्टुन प्रदर्शनी लगायतका कार्यक्रम गरेको थियो ।

प्रेस विज्ञप्ति

 

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *