सकियो प्रचण्ड-माधव समुहको बैठक, यस्ता छन् निर्णयहरू

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को पुष्पकमल दाहाल ‘प्रचण्ड’ -माधवकुमार नेपाल समूहले संसद विघटनविरुद्ध आन्दोलनको घोषणा गरेको छ। बिहीबार बबरमहलमा बसेको केन्द्रीय कमिटी बैठकले सशक्त आन्दोलन गर्ने निर्णय गरेको हो ।

भोलिबाटै आन्दोलन सुरु गर्ने भए पनि देशव्यापी प्रदर्शन भने १४ गते गर्ने प्रवक्ता नारायणकाजी श्रेष्ठ जानकारी दिए।  प्रदर्शन काठमाडौंदेखि सुरु भएर देशव्यापी बनाउने निर्णय भएको प्रवक्ता श्रेष्ठले बताए। यस्तै आजको बैठकले आन्दोलनका लागि श्रेष्ठकै संयोजकत्वमा २५ सय १ सदस्यीय जनआन्दोलन परिचालन समिति बनाएको छ। त्यसको सचिवालयसमेत गठन गरेको प्रवक्ता श्रेष्ठले बताए।

बैठकले पुस १० गते माइतीघर मण्डलामा जम्मा भएर संयुक्त पत्रसहित निर्वाचन आयोगमा जाने  निर्णय गरेको छ। सघर्षका कार्यक्रमको घोषणा गरेको छ। पार्टी एकतालाई कमजोर पार्न खोज्ने र कुशासनमा धकेल्न खोज्ने सबै प्रकारका गतिविधिविरुद्ध एक भएर एकतालाई सुदृढ बनाउन प्रतिनिधिसभाको विघटनको घोषणा र प्रतिगामी षडयन्त्रका विरुद्ध कार्यक्रमगर्ने उद्घोषसहित पहिलो चरणका कार्यक्रमको घोषणा

-पुस १० गते बिहान साढे ९ बजे माइतीघर मण्डलामा र १२ बजे निर्वाचन आयोगमा पार्टीको केन्द्रीय कमिटीका सदस्य र पार्टीको तर्फबाट सांसदमा रहेका सांसदको उपस्थितिमा विशेष कार्यक्रम हुने,

-पुस १० गते राजधानीमा पार्टी अध्यक्षको तर्फबाट पत्रकार सम्मेलन हुने। २ बजे पत्रकार सम्मेलन हुनेछ। स्थान भने तय भएको छैन,

-पुस ११ गते प्रदेश कार्यालयको संयोजनात्मक छलफल हुनेछ। सात दिनभित्र प्रदेश कमिटीको बैठक सम्पन्न हुनेछ,

-पुस १२ गते ७७ जिल्ला स्तरीय कार्यकर्ता भेला हुनेछ। उक्त भेलामा एकीकृत पार्टीलाई कसरी अगाडि बढाउने र एकता विरुद्धका भ्रमलाई कसरी चिर्ने र प्रतिगामी कदमविरुद्ध कसरी सघर्ष अगाडि बढाउने भन्ने अभिमुखीकरण कार्यक्रम,

पुस १४ गते राजधानी र जिल्लाजिल्लामा प्रतिनिधिसभा विघटनविरुद्ध कार्यक्रम हुने,

-पुस २० गतेसम्म नगरपालिका र गाउँपालिकामा बैठक हुने,

-पुस २५ गतेसम्म वडा स्तरमा कार्यक्रम हुने,

-पुस १४ सम्ममा जनवर्गीय संगठन र मोर्चा संगठनको केन्द्रीय बैठक र  भेला गरिने,

-राजधानीमा यो बीचमा पनि विभिन्न स्थानीय कार्यक्रम गरिने छ। स्थानीय समिति र विभिन्न पक्षले कार्यक्रम गर्नेछन्,

-संघर्षको कार्यक्रमलाई व्यवस्थित ढंगले परिचालन गर्न प्रवक्ता नारायणकाजी श्रेष्ठको संयोजकत्वमा २५ सय १ केन्द्रीय समिति बनेको छ। केन्द्रीय समितिको सचिवालय समेत बनेको छ,

-पहिलो चरणका कार्यक्रमपछि अझ सशक्त कार्यक्रमको घोषणा गर्ने तयारी छ,

-प्रदेश सम्बन्धी स्थायी कमिटी सदस्यलाई तत्काल पार्टीका संघर्षको कार्यक्रममा जुटेर आआफ्नो क्षेत्रमा जान निर्देशन,

-केन्द्रीय, प्रदेश र जिल्ला कमिटीको जिम्मेवारीका विषयमा स्थायी कमिटीले नै आवश्यक निर्णय लिनसक्ने अधिकार दिइएको छ।

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *