‘राजा आऊ, देश बचाऊ’ भन्ने हिम्मत कहाँबाट आयो?: देउवा

काठमाडौं  – प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सडकमा ‘राजा आऊ, देश बचाऊ’ भन्दै कराउने हिम्मत कहाँबाट आयो भन्ने प्रश्न गरेका छन्।

प्रजातन्त्रका लागि लडिरहेका बेला राजाले आफूलाई थुनेर राखेको प्रसंग निकाल्दै उनले राजा फर्केर आउने भ्रम नराख्न आग्रह गरेका छन्। सरकारविरूद्ध मकवानपुरमा आज भएको प्रदर्शनमा सभापति देउवाले भने, ‘राजा आऊ, देश बचाऊ भनेर कराइरहेका छन्, कहाँबाट हिम्मत आयो?’ आफूले प्रजातन्त्रका लागि लड्दा राजाले थुनेर राखेको उनले बताएका थिए ।

‘राजाले त्यसबेला थुने। जेलमा मलाई राखे। अहिले राजा आऊ, देश बचाऊ भन्ने?,’ देउवाले भने, ‘राजालाई कांग्रेसले पटकपटक ल्याएको पनि हो तर उनीहरू प्रजातन्त्रलाई देखिसहन्न। त्यसैले राजा आउने भ्रम नराख्नू।’ उनले सडकमा राजाबारे प्रदर्शन हुनुमा प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार नै जिम्मेवार रहेको आरोप लगाएका छन्।

‘कम्युनिष्ट सरकारको कारणले नै राजा आऊ, देश बचाऊ भनिरहेका छन्। यसमा ओली सरकार जिम्मेवार छ,’ उनले भने, ‘कांग्रेस राजाका पक्षमा छैन।’ उनले वर्तमान संविधान र व्यवस्था नै उपर्युक्त भएको बताएका छन्।

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *