कम्युनिस्टको झगडाले एमसीसी पास हुन सकेन : रामशरण महत

चितवन – नेपाली कांग्रेसका नेता रामशरण महतले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को आन्तरिक झगडाले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौता संसदबाट पास हुन नसकेको बताएका छन् ।

चितवनको नारायणगढमा आयोजित सरकार विरोधी सभामा नेता महतले कांग्रेस सरकारको पालामा भएको एमसीसी सम्झौता कार्यान्वयनमा सरकार दृढ नभएको बताए । ‘शेरबहादुर देउवा नेतृत्वको सरकारले गरेको एमसीसी सम्झौता संसदबाट पास हुनपर्छ,’ पूर्वअर्थमन्त्री समेत रहेका महतले भने, ‘एमसीसी पास भए अमेरीकी सेना आउँछ भन्नु सरासर झुट प्रचार गरिएको छ । कसैलाई गाली गरेर देशको विकास हुँदैन ।’

विद्युत लाइन विस्तार र सडकका लागि ५० करोड डलर सहायता आउन लागेकाले विरोध गर्न उचित नभएको उनले बताए ।

नेता महतले भारतसँग वार्ता गरेर सीमा समस्या समाधान गर्नुपर्ने बताए । चीनले नेपालका विभिन्न ठाँउमा सीमा मिचेका खबरहरु आएपनि सरकारले थाहा नपाए जस्तो गरेको उनले बताए ।

‘हुम्ला, गोरखा, दोलखा, सोलुखुम्बु लगायतका जिल्लामा चीनले सीमा मिचेका कुराहरु आइरहेका छन्, यसको निष्पक्ष छानविन गरेर जनतालाई जानकारी गराउनुपर्छ’ उनले भने ।

जनता कोभिडको मारका रहेका बेला समेत सरकार भष्ट्राचार गर्न उद्धत रहेको उनको आरोप छ । जनजीविका सवाललाई सम्वोधन गर्नुभन्दा सरकार ठूला कुरा गर्ने, तर परिणाम देखाउन नसक्ने अवस्थामा पुगेको महतका दाबी छ ।

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *