चौथो पाँचपोखरी सुपर–८ क्रिकेट प्रतियोगिता कोरोनाका कारण स्थगित हुने

मेलम्ची – पाँचपोखरी क्रिकेट क्लबले पाँचपोखरी थाङ्पाल गाउँपालिकामा आयोजना गर्दै आएको पाँचपोखरी सुपर–८ क्रिकेटको चौँथो संकरण कोरोनाका कारण स्थगित हुने भएको छ ।

पाँचपोखरी थाङपाल गाउँपालिका बडा न .६ जन्मियका पारा ओलम्पियन खेलाडी जितबहादुर खड्काको स्मृतिमा तेस्रो संकरण सम्म सम्पन भएको प्रतियोगिता यो वर्ष कोरोना महामारीको असरका कारण स्थगन गरिएको क्लबका सचिव अजय कुमार धितालले बताए ।

कोरोनाका कारण सिर्जित सुरक्षा चुनौतिका कारण पालिकासँगको परामर्श पश्चात कार्यसमितिको बैठक बसि यो वर्ष प्रतियोगिता स्थगित गर्ने निर्णय गरिएको धितालले बताए । क्लबले यो वर्ष कोरोनाका कारण स्थगन भएपनि आगामि दिनरुमा सिन्धुपाल्चोकमा क्रिकेटको माहोलले पुनरुप लिने र क्लबले कोरानाको प्रभाव कम भएसङै प्रतियोगिता संचालन गर्ने जानाएको छ ।

 

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *