आन्तरिक विवादमा लगानी सम्मेलन, उद्योगमन्त्री यादवले अस्वीकार गरे मायाको चिनो

काठमाडौं- उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले लगानी सम्मेनल २०७५ अन्तर्गतको विषयगत छलफलमा ‘टोकन अफ लभ’ लिन अस्वीकार गरेका छन्।

मन्त्री यादवले गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष भवन भट्टले प्रदान गरेको मायाको चिनो लिन अस्वीकार गरेका हुन्। मन्त्री यादवले टोकन अफ लभ लिन अस्वीकार गरेपछि उद्योग सचिव यमकुमारी खतिवडाले उक्त मायाको चिनो थापेकी थिइन्।

सम्मेलनको उद्घाटन सत्रमा सिट नपाएको भन्दै पनि मन्त्री यादव असन्तुष्ट बन्दै कार्यक्रमबाट बाहिर निस्कन खोजेका थिए। सोही समयमा पनि सचिव खतिवडाले नै उनलाई सम्झाबुझाई सम्मेलनको उद्घाटन सत्रमा राखेकी थिइन्।

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *