शानदार जित सँगै बार्सिलोना क्वार्टरफाइनलमा

बार्सिलोना- स्पेनिस महारथी बार्सिलोना युरोपियन च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा प्रवेश गरेको छ। बार्सिलोनाले बुधबार अबेर राति सकिएको अन्तिम १६ को दोस्रो लेगको खेलमा फ्रेन्च क्लब लियोनलाई ५-१ ले हराएर अन्तिम आठमा स्थान पक्का गरेको हो।

पहिलो लेग गोलरहित बराबरीमा सकिएकाले बार्सिलोनाले समग्रमा ५-१ को जित निकाल्यो। बार्सिलोनाका लागि लिओनल मेसीले १७ मिनेटमा पेनाल्टीमा पहिलो गोल गरे। यस्तै काउटिन्होले ३१ मिनेटमा अग्रता दोब्बर पारेका थिए।

५८ मिनेटमा लियोनका टोसार्टसले गोल गर्दा खेल २-१ को स्थितिमा आयो। ७८ मिनेटमा मेसीले व्यक्तिगत दोस्रो तथा टिमका लागि तेस्रो गोल गर्न सफल भए। जेरार्ड पिकेले ८१ मिनेटमा चौथो गोल गरे भने ८६ मिनेटमा उस्मान डेम्बेलेले पाँचौ गोल गर्न सफल भए।

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *