फिलिपिन्समा आँधिका कारण २२ जनाको मृत्यु

मनिला– फिलिपिन्सको मध्य क्षेत्रमा यसै साता आएको वर्षातसहितको शक्तिशाली आँधीमा परेर कम्तीमा २२ जनाको मृत्यु भएको फिलिपिनी अधिकारीहरुले बताएका छन्।

आँधीले मुख्यतः फिलिपिन्सको बिकोल र पूर्वी भिसायासमा सबैभन्दा बढी क्षति पुगेको छ। सरकारी अधिकारीहरुले आँधीपछि ठाउँ–ठाउँमा बाढी र भू–स्खलन गएको बताएका छन्।

नागरिक रक्षा कार्यालयका अनुसार अधिकांश मानिसको मृत्यु भू–स्खलन र डुबेर भएको छ। स्थानीयवासीको शब्दमा ‘उस्मान’ भनिने यस आँधीको बेग कमजोर हुन थालेको छ।

‘अधिकांश प्रभावित क्षेत्र जलमग्न भएको छ। हामी मानिसको उद्धारका लागि सेना र रबर डुङ्गा पठाउँदैछौं। केही ठाउँमा त बाढी मानिसका घरको छानासम्म पुगेको छ,’ बिकोलमा नागरिक रक्षा कार्यालयका प्रमुख क्लाउडियो यूकोटले बताए।

उनका अनुसार बिकोलमा १६ जना र पूर्वी भिसायासमा ६ जनाको मृत्यु भएको पुष्टि भइसकेको छ।

आँधी आउनुअघि नै २२ हजारभन्दा बढी मानिस घर छाडेर अन्यत्र सुरक्षित स्थानमा गएका थिए। आँधीले धान र मकैबालीमा व्यापक क्षति गरेको छ भने केही सडक र पुल भत्किएका छन् ।

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *