राष्ट्रिय जलवायु सम्मेलनको तयारी पुरा, राष्ट्रपति भण्डारीले उद्घाटन गर्ने

मेलम्ची – जिल्ला समन्वय समिति (जिसस) महासङ्घको आयोजना र जिल्ला समन्वय समिति सिन्धुपाल्चोकको मुख्य व्यवस्थापनमा सोमबारदेखि सिन्धुपाल्चोक मेेेलम्ची नगरपालिका–९, ज्यामिरे गुफाडाँडामा ‘राष्ट्रिय जलवायु सम्मेलन–२०७५’ हुँदैछ।

सम्मेलनको उद्घाटन सोमबार राष्ट्रपति विद्यादेवी भण्डारीले विशेष समारोहकाबीच गर्ने कार्यक्रम रहेको छ । सम्मेलनमा प्रस्तुत गरिने कार्यपत्र र छलफलबाट सिन्धुपाल्चोक घोषणापत्र जारी गरी जलवायु अनुकूलन योजना निर्माणबारे सन्देश दिने र यसबारे सबैलाई सचेत गर्ने सम्मेलनको मूलध्येय रहेको छ।

सम्मेलनमा देशका ७७ वटै जिल्लाका प्रमुख, उपप्रमुखसहित प्रत्येक जिल्लाबाट तीन जनालाई बोलाइएको आयोजकले जानकारी दिएको छ ।  ‘स्वच्छ नेपाल, स्वस्थ नेपाली’ भन्ने नाराका साथ हुन लागेको सम्मेलन दुई दिनसम्म चल्नेछ।

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *