बाँकेमा हुस्सुका कारण उडान अवरुद्ध, जनजीवन प्रभावित

बाँके – बाँकेमा आजदेखि जाडो बढेको छ । बाक्लो हुस्सुसँगै चलेको शितलहरका कारण जनजीवन प्रभावित भएको छ । दुई दिनयता तापक्रम विस्तारै घट्दै गएको छ ।

हावापानी फिल्ड कार्यालय नेपालगञ्जका प्रमुख एपी चौरसियाका अनुसार बाँकेमा आजको न्यूनतम तापक्रम ६ डिग्री सेल्सियस छ । बिहानैदेखि शुरु भएको शीतलहर र हुस्सुका कारण यहाँबाट बिहानीपख हुने हवाई उडान अवरुद्ध भएको छ । हवाइजहाजका लागि पर्याप्त भिजिविलिटी नभएका कारण उडान हुन नसकेको हो ।

बाँकेमा आज बिहान ४०० मिटरमात्र भिजिविलिटी रहेको चौरसियाले बताए । नेपालगञ्ज विमानस्थलका सुरक्षा इञ्चार्ज प्रहरी नायब निरीक्षक दिनेश विष्टले बिहान काठमाडौंका लागि उडान हुन नसकेको जानकारी दिए ।

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *