इन्डोनेशियामा सुनामिका कारण मृत्यु हुनेको संख्या ३७३ पुग्यो

जकार्ता – इण्डोनेसियामा गएको  शनिवार राति अनक क्राकाटोआ ज्वालामुखी विस्फोट र त्यसपछिको सुनामीका कारण मृत्यु हुनेको संख्या ३७३ पुगेको छ । १४५९ जना घाइते भएका छन् भने १२८ जना अझै हराइरहेको जनाइएको छ । गएको शनिबार राति ज्वालामुखीका कारण समुन्द्रभित्र पहिरो जाँदा सुनामी आएको थियो ।

सुनामीका कारण ठूलो जनधनको क्षति भएको जनाइएको छ । उद्धारकर्मीहरूले सुनामीका कारण फसेका मानिसहरूको खोजबिन जारी राखेको बताइएको छ । सुनामीका कारण सुमात्रा तथा जाभा टापुका तटीय नगरहरूमा विशाल छालहरू आएका थिए । अनक क्राकाटोआ ज्वालामुखीबाट आइतवार फेरि खरानी र धुवाँको मुस्लो निस्किएको थियो ।  जसले थप सुनामी आउन सक्ने त्रास फैलिएको हो । (एजेन्सी)

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *