बिग ब्यास लिगमा सन्दिप लामिछानेको शानदार डेब्यू

काठमाडौं – नेपालका सन्दीप लामिछानेले बिग ब्यास लिगमा शानदार डेब्यू गरेका छन् ।

मेलबर्न स्टार्सले सिड्नी थन्डर्सविरुद्ध लिगको पहिलो खेल्दा डेब्यू गरेका उनले दुई विकेट लिएका छन् ।

मेलबर्नका कप्तान ग्लेन म्याक्सवेलले आठौं ओभरमा सन्दीपलाई बल दिएका थिए । उनले दोस्रो बलमै शेन वाट्सनको विकेट लिए ।

ओभरको अन्तिम बलमा क्यालम फर्गुसनको विकेट लिए । त्यसपछि आफ्नो तीन ओभरमा भने उनले विकेट लिन सकेनन् र समग्र चार ओभरमा ३६ रन खर्चिए ।

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *