रग्वी विश्वकप ट्रफी सगरमाथा आधार शिबिर पुग्यो : यस्तो छ कार्यक्रम

काठमाडौ– आगामी बर्ष सन २०१९ मा जापानमा आयोजना हुने रग्बी विश्वकपको  ट्रफी बुधबार नेपाल आइपुगेको छ ।

विश्व रग्बी ट्रफी टुरअन्तर्गत विश्वकपट्रफी  नेपाल आइपुगेको रग्बी नेशनल टिमकी क्याप्टेन एलिसा थापाले ग्लोबल खबर लाई बताइन । उक्त ट्रफिलाई रग्बी एसोसिएसनले भब्य स्वागतको तयारी गरेको छ । 

ट्रफीलाई बिहिवार सगरमाथा आधार शिबिर पुर्याइएको छ । विश्व समुदायमा नेपाललाई चिनाउने उद्देश्यले ट्रफीलाई आधार शिबिर पुर्याइएको क्याप्टेन थापाले जानकारी दिइन ।

मंसिर २१मा विश्व सुचीमा सुचिकृत पशुपतिनाथ , स्वयम्भूनाथ , पाटन दरबार स्क्वायर , बौद्धनाथ लगायत ठाउँमा प्रदशनि गरिनेछ । महिला र पुरुष टिमको सहभागीतामा शुक्रबार फोटो सेसन समेत हुनेछ । मंसिर २२ गते इन्टर स्कुल रास्टिय महिला 7a साइड डेमोष्ट्रेसन र 15a साइड पुरुष डेमोष्ट्रेसन फाइनल खेल हुनेछ।

दुई दर्जनभन्दा बढी कलाकारको उपस्थितमा हुने कार्यक्रममा रग्बी फेस्टिवल , लाइभ कन्सर्टको सांगीतिक कार्यक्रम समेत हुने क्याप्टेन थापाले बताइन ।

क्याप्टेन थापाले भनिन  खेलकुद लाई माया गर्ने सम्पुर्ण नेपालीहरुको लागि मंसिर २२ गते बिशेष दिन हुनेछ । उक्त दिन टुडिखेलमा रग्बी खेल लाई नजिक बाट चिन्न ,बुझ्न र अन्य खेललाई जस्तै रग्बी लाई नि माया गरिदिनुहुन अनुरोध गरिन ।

एशियामा पहिलो पटक सन २०१९ मा रग्वीको विश्वकप हुनलागेको हो । २० रास्ट्रले विश्वकपमा प्रतिस्पर्धा गर्नेछ्न ।

About राजेश दुलाल

View all posts by राजेश दुलाल →

Leave a Reply

Your email address will not be published. Required fields are marked *