द्वन्द्व कालपछि प्रचण्ड र बाबुराम सार्वजनिक भएको ठाउँमा बन्यो स्तम्भ

काठमाडौ– तत्कालीन सशस्त्र आन्दोलनका कमाण्डर पुष्पकमल दाहाल ‘प्रचण्ड’ र बाबुराम भट्टराई सार्वजनिक भएको कास्कीको सिक्लेसमा शान्ति स्तम्भ निमार्ण गरिएको छ । एक दशक सशस्त्र आन्दोलन गरेको पार्टीका तत्कालीन कमाण्ड एंव अध्यक्ष प्रचण्ड र नेता भट्टराई राज्य पक्षसँग वार्ता गर्न सिक्लेसमा पहिलाे पटक सार्जजनिक भएका थिए ।

तत्कालीन नेपाल सरकारका प्रतिनिधिका रुपमा गृहमन्त्री कृष्णप्रसाद सिटौलाले प्रचण्ड र बाबुरामलाई हेलिकाेप्टरमार्फत काठमाडौं ल्याएका थिए । तत्कालीन माओवादीको हेडक्वाटरका रुपमा सिक्लेस रहेको थियो । सोही दिन राज्य र माओवादीबीच सिंहदरबारमा वार्ता भएको थियो ।

सरकार र विपक्षीबीच भएका शान्ति वार्तासँगै जनयुद्ध अन्त्य भएको बताउँदै दुवै नेता खुल्ला राजनीतिमा प्रवेश गरेका थिए । देशमा शान्ति आएको बिन्दु सिक्लेस भएको मान्दै शान्ति स्तम्भ निमार्ण गरिएको गाउँपालिकाका अध्यक्ष वेदबहादुर गुरुङ श्यामले बताए । स्तम्भको २४ मंसिरमा नेकपाका अध्यक्ष प्रचण्डले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

नेपाल ललितकाल प्रज्ञा प्रतिष्ठानका पूर्व सदस्य नारदमुनी हार्तृमछालीले एउटै ढुङ्गाको प्रयोग गरी स्तम्भ बनाएको छ । स्तम्भ त्रिकोण आकारको रहेको छ । स्तम्भ करिब ८ फिट अग्लो रहेको छ । १५ लाखको लागतमा निमार्ण गरिएको स्तम्भले २५ वटा भाव व्यक्त गर्ने अध्यक्ष गुरुङले बताए । स्तम्भले शान्ति, समृद्धि, युद्ध, संक्रमण काल जस्ता भाव झल्काउने उनले जानकारि दिए ।

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *