काङ्ग्रेस संघीयताको विरुद्ध लागिरहेको छ: प्रचण्ड

काठमाडौ: नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रमुख प्रतिपक्षी दल कांग्रेस संघीयता विरोधी अभियानमा लागेको आरोप लगाएका छन् । वामपन्थी नेता वामदेव क्षेत्रीद्वारा लिखित ‘नेपालको अर्थ राजनीतिः संभावना र चुनौती’ विषयक पुस्तकको विमाेचन गर्दै उनले कांग्रेस ऐतिहासिक परिर्वतनलाई भत्काउन लागिपरेको बताएका हुन् ।

राजनीतिक परिर्वतनलाई संस्थागत गर्दै जाँदा केही अप्ठ्यारा आउनु स्वभाविक भएको भन्दै उनले त्यसैलाई बहाना बनाएर कांग्रेस संघीयता विरोधी बाटोमा हिडेको दाबी गरे । अध्यक्ष दाहालले अतिवादलाई प्रोत्साहित गर्ने र परिर्वतनलाई कमजोर पार्ने डिजाइनमा काम भइरहेको दाबी गरेका थिए ।

देशले प्राप्त उपलब्धिलाई संरक्षण गर्नुभन्दा प्रहार गर्ने तत्व बढ्दै गएको भन्दै उनले परिर्वतनकामी कम्युनिष्टबीच अझै गम्भीर ढंगले एकता गर्नु पर्ने आवश्यकता औल्याए । उनले सांकेतिक रुपमा राजसंस्था फर्काउन लागेकाको दुश्साहस आफूहरुलार्इ चुनौतीपूर्ण रहेको भन्दै सजग हुनु पर्ने बताए ।

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *