अधिवेशनका लागि नेविसंघले ७६ जिल्लामा खटायो केन्द्रिय प्रतिनिधि

काठमाडौ:  नेपाल विद्यार्थी संघले जिल्ला तहसम्मका अधिवेशन गर्न ७६ जिल्लामा केन्द्रीय प्रतिनिधि खटाएको छ । अध्यक्ष नैनसिंह महरले अधिवेशन विथोल्न खोज्नेलाई कारबाही गरेर अधिवेशन र महाधिवेशनमा भाग लिन नपाउने गरी निर्णय गरिएको जानकारी दिए ।

‘संघको विधान, नियमावली, निर्देशिका र परिपत्रको प्रतिकूल निर्णय गरे/गराए दुवै कार्यमा संलग्न केन्द्रीय प्रतिनिधि, सम्बन्धित जिल्लामा सो कार्यमा संलग्नहरु (पत्र लिने र दिने) स्वतः निलम्वन भइ अधिवेशन र महाधिवेशनको प्रक्रियामा भाग लिन पाउने छैनन् ।’ नेविसंघले प्रतिनिधि खटाएको परिपत्रमा उल्लेख गरेको छ ।

प्रतिनिधिलाई चार दिनभित्र सम्बन्धित जिल्ला पुगेर काम थाल्न निर्देशन दिइएको छ । समयमा पुग्ने र काम नथालेको पाइए उनीहरुको सट्टा अर्को प्रतिनिधि पठाउने चेतावनी नेविसंघले दिएको छ । ७७ जिल्ला भएपनि सूचीमा काभ्रेका प्रतिनिधिको नाम खाली छ ।

कुन तहका अधिवेशन कहिले ?

२२ मंसिरभित्र माध्यमिक विद्यालय, उच्च माध्यामिक विद्यालय र सिटिइभिटीमा, २५ मंसिरभित्र, गाउँपालिका र नगरपालिकाको अधिवेशन गरिसक्नुपर्ने छ । ८ पुसभित्र उपत्यकाका क्याम्पस र विश्वविद्यालयको अधिवेशन गर्ने कार्यतालिका छ । १४ पुसभित्र ७७ वटै जिल्लाको अधिवेशन गरिसक्नुपर्नेछ । २० पुसभित्र प्रदेशको अधिवेशन गरिसकेपछि नेविसंघले २८ देखि ३० पुससम्म १२औं महाधिवेशन गर्ने निर्णय गरिसकेको छ ।

उपत्यकाका क्याम्पस, प्रदेशको अधिवशेन भने केही दिनमा केन्द्रीय प्रतिनिधि पठाउने तयारी भएको जानकारी नेविसंघका केन्द्रीय सदस्य शुशील भट्टले दिए ।

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *