राष्ट्रपति विद्या भण्डारी आज पोल्याण्ड भ्रमणमा जाँदै

काठमाडौं:  राष्ट्रपति विद्यादेवी भण्डारी शनिबार पोल्याण्डको भ्रमणमा जाने भएकी छिन् ।

पोल्याण्डको कातोबिचमा हुन लागेको संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तन सम्बन्धी महासन्धि कोप २४ औं सम्मेलनमा सहभागी हुन उनी त्यता जान लागेकी हुन् । उनले सोमबार सम्मेलनलाई सोम्बोधन गर्नेछिन् ।

वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतसहित केही सांसद र उच्च पदस्थ अधिकारीहरु पनि पोल्याण्ड जाँदैछन् । भ्रमणका क्रममा पोल्याण्डका राष्ट्रपतिसहित विभिन्न उच्च स्तरीय भेटघाट पनि हुँदैछ । भ्रमणबारे राष्ट्रपतिको कार्यालयले विज्ञप्तिबारे जानकारी दिएको छ ।

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *