फोटोमा हेर्नुस् विवादित एसिया प्यासिफिक समिट

काठमाडौं: आजदेखि ‘एसिया प्यासिफिक समिट–२०१८’ सुरू भएको छ।

नेपाल सरकार तथा सङ्घीय संसद् नेपालको सहयोगमा युनिभर्सल पिस फेडरेसन, इण्टरनेशनल कन्फरेन्स अफ एशियन पोलिटिक्स (आइक्याप), इण्टरनेशनल एशोसिएशन अफ पार्लियामेन्ट फर पिस (आइएपिपी) लगायत संस्थाहरूको आयोजनामा दुई दिनसम्म जारी रहने सम्मेलनमा आधा दर्जन मुलुकका राष्ट्र/सरकार प्रमुखका साथै अन्य मुलुकका विशिष्ट पाहुनाहरू सहभागी छन्।

सम्मेलनमा ‘वर्तमान समयका गम्भीर चुनौतीमाथि सम्बोधन:  अन्तरनिर्भरता, पारस्परिक समृद्धि र विश्वव्यापी मान्यता’ विषयमा विभिन्न सत्रमा बहस तथा छलफल हुनेछ।

सम्मेलनमा लागि म्यान्मारकी स्टेट काउन्सिलर आङसाङ सुकी र कम्बोडियाका प्रधानमन्त्री हुन सेन, भारतका पूर्वप्रधानमन्त्री एचडी देवेगौडालगायत विशिष्ट अतिथि छन्।

सुकी र सेनको नेपालको औपचारिक भ्रमणसमेत भएकाले उनीहरूले नेपालका राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री ओलीलगायतसँग भेटवार्ता गरिसकेका छन्।

हेर्नुहोस् तस्बिरहरू :

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *