पिपिएल: चितवनको विष्फोटक ब्याटिङ धनगढीलाई १९४ रनको टार्गेट

पोखरा- पोखरा प्रिमियर लिग क्रिकेटमा चितवन राइनोजले धनगढी ब्लूजलाई १९४ रनको लक्ष्य दिएको छ । उसले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ ।

पोखरा रंगशालामा टस हारेर ब्याटिङको निम्तो पाएको चितवनले २० ओभरमा ५ विकेट गुमाएर १९३ रन बनायो । उसको सुरुवात निकै राम्रो रह्यो । अनिलकुमार साह र हरिशंकर साहले पहिलो विकेटका लागि १०१ रनको साझेदारी गरे ।

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *