पिपिएल: चितवन राइनोजको लगातार दोस्रो हार

पारस खड्काको कप्तानीमा रहेको चितवन राइनोजले लगातार दोस्रो हार व्यहोरेको छ।

पोखरा प्रिमियर लिग अन्तर्गत सोमबारको दोस्रो खेलमा पोखरा पल्टनसँग ५ विकेटले पराजित हुँदै चितवनले दोस्रो हार व्यहोरेको हो।

पहिले ब्याटिङ गर्दै चितवनले दिएको १४१ रनको लक्ष्य पछ्याएको पोखराले १७.२ ओभरमा ५ विकेट गुमाउँदै लक्ष्य भेट्टायो।

पोखराको जितमा रोहितकुमार पौडेल र रवि इन्दर सिंहले ७८ रनको साझेदारी गरेका थिए।

खराब सुरूवात गरेको पोखराले शून्य रनमै दुई विकेट गुमाए पनि सिंह र पौडेलको जोडीले पोखराको इनिङ्स उकासेको हो।

पौडेलले २४ बलमा १ छक्का र १ चौका प्रहार गर्दै १९ रन बनाए। सिंहले ४८ बलमा ३ छक्का र ८ चौकासहित ६५ रन बनाए।

पोखराका लागि कप्तान शरद भेसवाकरले २० बल खेल्दै ३ छक्का र ३ चौकासहित ३७ रन बनाए।

चितवनका लागि करण केसीले ३ विकेट लिए।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ४० रन बनाएको थियो। मध्यम शुरूवात गरेको चितवनका लागि कप्तान पारस खड्का र सन्नी पटेलको आक्रमक ब्याटिङमा उक्त रन बनाएको थियो।

पारसले  ३२ बलमा ४४ रनको आक्रमक इनिङ्स खेले भने पटेलले २७ बलमा ३ चौका र ३ छक्कासहित ४६ रन बनाएका थिए। पारस र सन्नी पटेलले चौथो विकेटको लागि ५३ रनको साझेदारीसमेत गरेका थिए । पटेल अविजित रहे ।

सोनु तामाङले २१ रन जोड्दा ओपनर अनिल कुमार साह १६ रनमा पेभेलियन फर्किए। हरिशंकर शाह ३ रनमा आउट भए । करण केसी शुन्यमा आउट भए।

पोखराका विक्रम भुषालले २ विकेट लिए। मेहबुव आलम, मोहम्मद नाभिद, शरद भेषवाकरले समान १ विकेट लिए ।

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *