रियल मड्रीडको पोस्टमा बार्सिलोनाको गोल बर्षा, स्वारेजको ह्याटि्रक

काठमाडौं । लुइस स्वरेजको ह्याट्रिकसँगै बार्सिलोनाले चिरप्रतिद्वन्द्वी रियल मड्रिडमाथि शानदार जित हात पारेको छ । सोमबार राति भएको एल क्लासिकोमा बार्सिलोना ५–१ गोल अन्तरले विजयी भएको हो ।

नाउक्याम्पमा भएको एल क्लासिकोमा २००७ पछि पहिलो पटक रोनाल्डो र मेस्सी कोही पनि थिएनन् । रोनाल्डो रियल छाडेर युभेन्टस पुगेका छन् भने मेस्सी घाइते छन् ।

दुबै स्टार खेलाडी नभएको खेलमा बार्सिलोना निकै हावी भएको छ । उसले ११ औं मिनेटमा काउटिन्होको गोलबाट अग्रता लिएको थियो ३० औं मिनेटमा भीएआरको मदतमा बार्सिलोनाले पेनाल्टी पायो, जसमा स्वरेजले गोल गरे । पहिलो हाफमा निकै हावी भएको बार्सिलोनाले केही राम्रो अवसर खेल फालेको थियो ।

दोस्रो हाफको सुरुमा नै मार्सेलोले गोल गर्दै रियल मड्रिडलाई खेलमा फर्काउने संकेत दिए । उसका लुका मोडरिकको प्रहार बारमा लागेर फर्किएको थियो ।

तर, ७५ औं मिनेटमा स्वरेजले दोस्रो गोल गरेपछि रियलको सम्भावना सकियो । स्वरेजले ८३ औं मिनेटमा ह्याट्रिक पुरा गरे भने निर्धारित समयको खेल सकिन तीन मिनेट बाँकी छँदा डेम्बेलेको पासमा भिडालले गोल गर्दै बार्सिलोनालाई ५–१ को फराकिलो जित दिलाए ।

जितसँगै बार्सिलोना १० खेलबाट २१ अंकका साथ शीर्ष स्थानमा छ भने रियल मड्रिड १४ अंकसहित नवौं स्थानमा छ । यो हारले रियलका प्रशिक्षक लोपेटेगी थप दबावमा पर्नेछन् ।

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *